मिथिला लघुवित्तको लाभांश संशोधन, अब कति? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिथिला लघुवित्तको लाभांश संशोधन, अब कति?



काठमाडौं। मिथिला लघुवित्तले लाभांश संसोधन गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको हो।

संस्थाले यस अघि १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । यसलाई संसोधन गर्दै अब १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्