मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई सो बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको छ । यद्यीप, उनी माथि आपराधिक विश्वासघातको आरोपमा पनि छानबिन जारी रहेको तत्काल रिहा भने हुने छैनन् ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका हुन् । विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसूरमा अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरेको थियो ।













