सन नेपाल लाइफले ल्यायो ७५ प्रतिशत ब्याज छुट अभियान - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सन नेपाल लाइफले ल्यायो ७५ प्रतिशत ब्याज छुट अभियान



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने उद्देश्यका साथ यो छुट अभियान सञ्चालन गरेको हो ।

आफ्ना ग्राहक र उनीहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उनीहरूको सुरक्षालाई निरन्तरता दिने र ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्