२२ कार्तिक २०८३, आइतबार

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ



काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन् । विशेष अदालतले सिलवाललाई सफाइ दिएको हो ।

आइतबार अध्यक्ष तथा न्यायाधीश टेक नारायण कुँवर, न्यायाधीश रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले सिलवाललाई सफाइ दिएको हो ।

सिलवालविरुद्ध नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा केरमेट र जालझेल गरेको अभियोगमा आरोपपत्र दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो ।

अख्तियारले अभियोग दायर गरेसँगै सिलवाल प्राधिकरणको अध्यक्षबाट निलम्बित भएका थिए ।