२२ कार्तिक २०८३, आइतबार

बागलुङ समाज जापानको प्रवक्तामा अनिलकुमार निर्दोष, संरक्षक, सल्लाहकार र सदस्यमा को-को मनोनित ?



काठमाडौं । बागलुङ समाज जापानको प्रवक्तामा अनिलकुमार निर्दोष मनोनित भएका छन् । आइतबार टोकियोमा सम्पन्न समाजको दोस्रो नियमित बैठकले निर्दोष प्रवक्ताको जिम्मेवारी दिएको हो ।

कला साहित्यमा सक्रिय निर्दोष अनेसास जापानको वर्तमान महासचिव तथा बागलुङ समाज जापानको निवर्तमान कार्यसमिति सदस्य हुन् ।

सोही बैठकबाट संरक्षक, सल्लाहकार तथा रिक्त रहेका सदस्यमा समेत पदपूर्ति गरिएको उपाध्यक्ष रामु खत्रीले जानकारी दिए । उनका अनुसार समाजको संरक्षकमा दीपक सुवेदी, राजविन थापा, सिद्धार्थ श्रेष्ठ, डिपी कँडेल, महेश कुमार श्रेष्ठ, नरबहादुर थापा , रामकृष्ण बम मल्ल र यमकान्त कँडेल रहेका छन् ।

सोही बैठकले पाँचौ कार्यकालको लागि रिक्त रहेको सदस्य पदहरूमा हिरा श्रीस, मदन शर्मा, दयाराम कँडेल, समीना खड्का लोहनी, लाल थापा र सुरज केसीलाई मनोनीत गरेको खत्रीले बताए ।

बाग्लुङ जिल्लाका विभिन्न क्षेत्रबाट जापानमा रहेका करिब दुई दर्जन व्यक्तित्वहरु पनि समाजको सल्लाहकारमा मनोनित भएका छन् ।

चैत्राष्टमी मेलाको अवसर पारेर समाजले शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम समेत गर्न भएको छ । उक्त कार्यक्रम आउँदो शनिबार अर्थात् अप्रिल ५ तारिखमा शिनओकुबो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा हुनेछ ।