सकियो कुलमान र हितेन्द्रको रिटमाथिको सुनुवाइ, आजै आदेश आउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयकोे इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो ।
तीन दिनसम्म चलेको सनुवाइ आजबाट सकिएको हो । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ । घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् । शाक्यले भने चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको भन्दै त्यतिबेला रिट दायर गरेका थिए ।
मंगलबार इजलासमा कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गरेका थिए। यस्तै बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए।















