ट्रेड टावरको आइपीओमा आवेदनको ओइरो, साढे २१ लाख बढीले दिए आवेदन
काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओमा झन्डै आठ गुणा बढी आवेदन परेको छ ।
अन्तिम दिन (जेठ २१ गते) सम्म कम्पनीको आइपीओ २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीको आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन् । सीडीएसका अनुसार २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ७.८२ गुणा बढी हो ।













