छुट्ला है एशियन लाइफको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

छुट्ला है एशियन लाइफको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सोही प्रस्ताव पारित गर्न आगामी असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ।

सोही साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि अर्थात्अ सार २० गते शुक्रबार बुक क्लोज गर्ने भएको छ। सोही अनुसार आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । यता, १ जना स्वतन्त्र सञ्चालक मनोनित पनि सोही सभाले गर्नेछ ।

सभामा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्