१२ श्रावण २०८३, मंगलबार

गभर्नर पौडेलको पहिलो मौद्रिक नीति कस्तो आयो ? यस्तो छ पूर्णपाठ



काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । डा. विश्वनाथ पौडेलले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर पौडेलले बजेट, सोह्रौं योजना, उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन मौद्रिक नीति सुझाव समिति बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल र सरोकारवालाहरुबाट प्राप्त राय सुझाव समेतलाई मध्य नजर गरी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गरेको बताएका छन् ।

मौद्रिक नीतिको कार्यदिशा केहि लचिलो बनाउन आवस्यक देखिएको र यसका साथै निक्षेपको वास्तविक ब्याजदरु नकारात्मक हुन नदिनेतर्फ विशेष ध्यान दिइएको उनको भनाइ छ ।

राष्ट्र बैंकले गत आवको तुलनामा थप लचिलो मौद्रिक नीति ल्याएको छ ।