‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम : अब कर्जा पीडितको गुनासो सिधै राष्ट्र बैंकले सुन्ने
काठमाडौ । अब ऋणीका गुनासा प्रत्यक्ष सुन्न नेपाल राष्ट्र बैंकले ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सुरु गर्ने भएको छ ।
शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै ग्रामीण क्षेत्रमा ऋणसँग सम्बन्धित समस्या सुन्न र संवाद गर्न यो कार्यक्रम ल्याइएको बताए ।
साथै, कर्जा असुलीका क्रममा देखिने अवाञ्छित गतिविधिको जोखिम न्यूनीकरणका लागि सरकारसँग समन्वय गरिने पनि उनले स्पष्ट पारे ।















