१२ श्रावण २०८३, मंगलबार

गभर्नर नियुक्तिमा योग्यता विवाद : पौडेलले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा के छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफू राष्ट्र बैंक ऐनअनुसार योग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

गभर्नरको नियुक्ति बदरको मागसहित अधिवक्ता अनन्तराज लुइँटेल लगायतले दायर गरेको रिटमा सर्वोच्चले जवाफ मागेपछि पौडेलले आफ्नो शैक्षिक तथा पेशागत योग्यता उल्लेख गर्दै जवाफ बुझाएका हुन् ।

जवाफमा उनले सन् २०१० मा अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पीएचडी गरेको, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार तथा विश्वविद्यालयमा प्राध्यापकको अनुभव रहेको उल्लेख गरेका छन् ।

यसअघि सर्वोच्च अदालतले गभर्नरलाई काममा रोक लगाउने अन्तरिम आदेश आवश्यक नरहेको भन्दै रिट खारेज गरिसकेको छ ।

लिखित जवाफको पत्रसहित