७ श्रावण २०८३, बिहिबार

चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको मूल्य एकैदिन २१०० रुपैयाँले बढ्यो



काठमाडौं । लगातार बढेको सुनको मूल्यले बुधबार पनि बढेको छ । हिजो तोलामा १८०० रुपैयाँले बढेको सुनको मूल्य आज एकैदिन २१०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यता नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबारको चाँदी ३० रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चाँदी असार ३० गते चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्