नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिक्रीमा राख्यो २ लाख १४ हजार संस्थापक शेयर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिक्रीमा राख्यो २ लाख १४ हजार संस्थापक शेयर



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कुल २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकका अनुसार उक्त शेयरहरू हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार केवल विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र खरीद गर्न मिल्ने गरी बिक्री प्रक्रियामा ल्याइएको हो।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य उल्लेख गरी काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ।

बैंकले स्पष्ट पारेअनुसार, सो अवधि भित्र संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया दिनुहोस्