घुस डिल प्रकरण: नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियारमा, भ्वाइस टेष्टसहित सोधपुछको तयारी
काठमाडौं । घुस डिल प्रकरणमा जोडिएको आशंकापछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल कार्यालय पुगेकी छन् ।
अख्तियार स्रोतका अनुसार श्रेष्ठको भ्वाइस टेष्ट गरिनेछ र सोधपुछको तयारी पनि भइरहेको छ । यसअघि यसै प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताको मंगलबार भ्वाइस टेष्ट गरिएको थियो ।
प्रकरणमा संलग्न भनिएका सुजन लामासँग पहिले नै अख्तियारले विस्तृत बयान लिइसकेको छ । बयानका आधारमा थप प्रमाण देखिएपछि श्रेष्ठलाई अनुसन्धानको दायरामा ल्याइएको जनाइएको छ ।















