१६ कार्तिक २०८३, सोमबार

गदुल्ला जलविद्युतमा अनियमितता, कानून अनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन



काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनामा देखिएको अनियमितताबारे प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धित निकायलाई प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

बुधबार बसेको समिति बैठकपछि सभापति ऋषिकेश पोखरेलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जानकारी प्राप्त भएपछि समितिको निष्कर्षबाट प्रत्यक्ष परिणाम ननिस्कने भन्दै सीमित ढंगमा निर्देशन जारी गरिएको बताए ।

तर, निर्णयप्रति माओवादी सांसद अमनलाल मोदीले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दिएका छन् । अनियमितता गम्भीर भएकाले गहिरो छानबिन अपरिहार्य रहेको उनको भनाई छ ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले समितिले संयम अपनाउनुपर्ने अवस्था आएको सभापति पोखरेलको भनाइ थियो ।