सपोर्ट लघुवित्तकाे नाफामा उछाल, खुद ब्याज आम्दानी ६२.९७ प्रतिशत बढ्याे
काठमाडौं । एक वर्षमा सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफा १४०.६३ प्रतिशतले बढेको छ।
संस्थाले आज प्रकाशित गरेको गत आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले ५ करोड ११ लाख ९८ हजार खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म २ करोड १२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियाे ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड ५२ लाख रुपैयाँ नाघेको छ । जुन अघिल्लाे आवकाे तुलनामा ६२.९७ प्रतिशत बढी हाे ।
यस्तै समिक्षा अवधिमा संस्थाकाे कुल सञ्चालन आम्दानी १० कराड ५५ लाख रुपैयाँबाट बढेर १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी समिक्षा अवधिमा संस्थाकाे संञ्चालन मुनाफा २०९.५९ प्रतिशतले बढेर ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २ करोड ५७ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको थियाे ।
कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट घटेर १.५८ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी ४१.८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ८ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ३३ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ।













