उच्च बिन्दुबाट घट्याे सुन र चाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा लगातार बढेको सुनचाँदीको मूल्य बिहिबार घटेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनकाे मूल्य आज एकैदिन २४०० रुपैयाँले घटेको हो ।
हिजो तोलामा २१०० रुपैयाँले बढेर १ लाख लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनकाे मूल्य आज १ लाख ९५ हजार २०० रूपैयाँ ताेकिएकाे छ ।
यता नेपाली बजारमा नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य आज ताेलामा १५ रूपैयाँ सस्तिएकाे छ । बुधबार दुई हजार ३५० रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रतिताेला २ हजार ३३५ रूपैयाँ निर्धारण भएकाे छ ।













