साढे १४ करोडको आइपीओ ल्याउँदै सागर डिस्टिलरी, बोर्डबाट पायो अनुमति
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई साउन १२ गते सोमबार आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।
अब कम्पनीले सर्बसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर निष्कासशन गर्नेछ ।
कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।













