५० हजार कित्तासम्म भर्न पाइने गरि दरमखोला हाइड्रोको आइपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५० हजार कित्तासम्म भर्न पाइने गरि दरमखोला हाइड्रोको आइपीओ बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओ आजदेखि निष्कासन भएको छ ।

कम्पनीले आजदेखि सार्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला ग रेको हा े ।

यसअघि कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो । योमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको छ । यस्तै, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।

कम्पनीले कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुका लागि १ लाख ४५ हजार ९७५ कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

अब सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर जारी गरेको छ ।

कम्पनीको आइपीओमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा आगामी साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको उक्त अवधिमा माग बमोजिम आवेदखन नपरेको खण्डमा भने साउन २९ गतेसम्म दिन सकिने छ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्