फस्ट माइक्रोफाइनान्सको वित्तीय प्रदर्शन कमजोर, नाफा ६.३४ प्रतिशतले घट्दा, ईपीएस ९.७९ रुपैयाँमा सीमित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फस्ट माइक्रोफाइनान्सको वित्तीय प्रदर्शन कमजोर, नाफा ६.३४ प्रतिशतले घट्दा, ईपीएस ९.७९ रुपैयाँमा सीमित



काठमाडाैं । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा नाफा घटाएको छ ।

संस्थाको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षाधीन अवधिमा कम्पनीले १३ कराेड १७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्ष यस्तै अवधिको तुलनामा ६.३४ प्रतिशत कम हाे ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३४.११ प्रतिशतले घटेर २ अर्ब १६ करोड ९० लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी ३१.८१ प्रतिशतले घटेर २ अर्ब ११ करोड ७६ लाख पुगेको छ भने खुद फी तथा कमिसन आम्दानी ७२.४३ प्रतिशतले घट्दै ५ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको सञ्चालन नाफा पनि ११ प्रतिशतले घटेर १ अर्ब ९० करोड ८६ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा सञ्चालन नाफा २ अर्ब १४ करोड ४६ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट खर्च ४५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको कर्जा तलगानी १७.७८ प्रतिशतले घटेर ६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ भने निक्षेप तथा उधारो २९.५५ प्रतिशतले घटेर ४ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१.५८ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ८ रुपैयाँ २ पैसा रहेको छ।

कम्पनीले सञ्चालन खर्च बढ्नु र कर्जा लगानीमा कमी आउनु नाफा घट्नुको मुख्य कारण भएको बताइएको छ । आगामी दिनमा कर्जा विस्तार, जोखिम व्यवस्थापन सुदृढीकरण र सेवा प्रवाह प्रभावकारी बनाउँदै पुनः वित्तीय सूचकांकमा सुधार ल्याउने लक्ष्य संस्थाले लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्