१५ कार्तिक २०८३, आइतबार

ब्रोकर नम्बर २२ का जनरल म्यानेजर श्रीवास्तव पक्राउ, दिपेन्द्र अग्रवालकी श्रीमतीले दिएकी थिइन् उजुरी



काठमाडौं। सेयर कारोबारमा सक्रिय ब्रोकर फर्म सिप्रवी सेक्युरिटी (ब्रोकर नम्बर २२) का जनरल म्यानेजर जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, ३१ वर्षिय श्रीवास्तवलाई ११ करोड ५५ लाख रुपैयाँको ठगी घटनासम्बन्धी उजुरीपछि नियन्त्रणमा लिइएको हो।

विवादास्पद सेयर काराेबारी दिपेन्द्र अग्रवालकी श्रीमतीले २२ नम्बर ब्राेकर विरूद्ध ११ कराेड ५५ लाख रूपैयाँ ठगी गरेकाे उजुरी दिएकी हुन् ।

यस अघि साउन ५ गते विवादास्पद सेयर काराेबारी दिपेन्द्र अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेकाे थियाे । जिल्ला अदालतको आदेशमा अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् ।

दीपेन्द्र अग्रवालले ब्रोकर नम्बर २० र २२ प्रयोग गरी करोडौं रुपैयाँको सेयर खरिदबिक्री गरिरहेका थिए। तर, ब्रोकरले पाउनुपर्ने कमिशन र रकम नफर्काएको आरोपमा विवाद चर्किएको हो।