म्याक्सस मिफा ७’ को बिक्री सुरु : उच्चतम रेञ्ज र स्मार्ट सुविधा, १० लाख छुटमा किन्ने होइन त ?
काठमाडौं । विद्युतीय कार ‘म्याक्सस मिफा ७’ को बिक्री सुरु भएको छ । आजदेखि काठमाडौंमा सुरु भएको नाइमा मोबिलिटी शोमा यो गाडी सार्वजनिक गरिएको हो ।
चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ ।
केही समयअघि यही म्याक्सस ब्रान्डकै इटरोन (विद्युतीय लक्जरी) पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो । सात सिट क्षमताको यो लक्जरी एमपिभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो।
हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । यो फिजा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।
साथै यो अटो एक्सपो भरि मिफा ७ बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र इटेरोङ पिकअप बुक गर्नेलाई रु ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए ।
७सिटर मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र इटेरोन (डबल क्याब इलेक्ट्रिक पिकअप) को मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एइबि, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स छन् । यसका साथै यो गाडीले युरो एनसीएपि, सी–एनसीएपि, ए–एनसीएपि मा ५ स्टार रेटिङ पाएको छ ।
यस गाडीको ९० किलोवाटअ आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी (ड्ब्लुएलपिटी) तय गर्ने क्षमता राख्दछ । प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० किलोवाट टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ ।
८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो म्याक्सस मिफा इभिले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ–टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ । थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफस्टाइल स्टेटमेन्ट पनि हो ।













