नेपालमै पहिलो पटक दुई पांग्रे विद्युतीय सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु
काठमाडौं। गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले, नेपालमै पहिलो पटक विद्युतीय दुई पांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई थप भरोसादिलाउँदै नेपालीबजारमा ब्राण्डको दीर्घकालीन प्रतिबद्धता पनिदेखाएको छ।
यस कार्यक्रम मार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमालागू भएको छ र यस अन्तर्गत गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी ५ वर्ष वा ४०,००० किलोमिटर अवधिभित्र रु १ लाखको बाइब्याक भ्यालु ग्यारेन्टी गर्नेछ।
विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूको मुख्यचिन्ताभनेको ब्याट्री बिग्रँदै जानु हो, जसले रिसेल भ्यालु घटाउँछ। तर गोगोरोले यस समस्याको समाधान ब्याट्री स्वापिङ प्रविधिबाट गरेको छ। परम्परागत ईभीहरुमा ब्याट्री सवारी धनीकै हुन्छ भने गोगोरोमा ग्राहकले ब्याट्री किन्ने होइन, बरु गोगोरोद्वारा नै सञ्चालित ब्याट्री स्वाप स्टेसनमा स्वाप गर्ने चार्ज सकिएको ब्याट्रि राखेर फुलचार्ज भएको ब्याट्रि लिने हो । यसकै परिणामस्वरूप, गोगोरो बाइब्याकग्यारेन्टी दिन सक्ने स्थितिमा पुगेको छ र नेपालको विद्युतीय यातायात बजारमा भरोसा र दीर्घकालीन मूल्यको नयाँ मापदण्ड स्थापना गरेको छ।
“गोगोरो नेपालको यातायातको भविष्य हो” नेब्युलाइनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने,“सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ। हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेकाथियौं। आजहामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदैछौं।”
नाइमामा विशेष अफरहरू
बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा अटो शोमा केही आकर्षक अफरहरू पनि लिएर आएको छ ।
दशैं अफरको सुरुवातः नाइमामा गोगोरोले दशैं विशेष स्किम पनि घोषणा गरेको छ जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधाहरू दिइनेछ।
यस्तै ब्याट्री स्वाप लाइभ डेमोः आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वापप्रविधिप्रत्यक्ष रूपमाअवलोकन र अनुभवगर्न सक्नेछन्।
अप्टिमाइज गरिएको स्वाप स्टेशन प्रदर्शनः गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ।
अपग्रेड गरिएको नाइमा स्कुटर प्रदर्शनः यहाँहरू हालसालै अपग्रेड गरिएको जेगाे स्कुटरको सुरुमै अवलोकन गर्नेहरू मध्येमापर्न सक्नु हुनेछ किनकि अपग्रेड गरेपछि यो पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन हुँदैछ।
गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहक केन्द्रित प्रविधि, ब्याट्रीमा लाइफटाइम ग्यारेन्टी र लङ–टर्म भ्यालु एस्युरेन्स सहितको बलियो संयोजन मार्फत् नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नया बेन्च मार्क बनाइ रहेको छ।












