२४ भदौ २०८३, बुधबार

नाइमाको मोबिलिटी एक्स्पोमा केटीएमका ६ नयाँ माेडल सार्वजनिक



काठमाडौं। केटीएम नेपालले नाइमाको मोबिलिटी एक्स्पो २०२५ मा आज आफ्ना छ ओटा नयाँ मोडेलहरू सार्वजनिक गरेको छ। केटीएमका विभिन्न दमदार बाइकहरूलाई भृकुटीमण्डपस्थित स्टल डी १ मा प्रदर्शनी गरिएको छ।

नयाँ मोडेलहरूमा केटीएम २०० ड्युक, २५० ड्युक, ३९० ड्युक, २५० एडभेन्चर, ३९० एडभेन्चर र ३९० एन्डुरो आर समावेश छन्।

यीनीहरूकाे मूल्य क्रमशः केटीएम २०० ड्युककाे ५ लाख ९९ हजार ९००, २५० ड्युक ७ लाख १४ हजार ९००, ३९० ड्युककाे ९ लाख ४९ हजार ९००, २५० एडभेन्चरकाे ७ लाख ४९ हजार ९००, ३९० एडभेन्चरकाे १० लाख ७४ हजार ९०० र ३९० एन्डुरो आर ९ लाख ९९ हजार ९०० रूपैयाँ पर्नेछ ।

यी बाइकहरू नयाँ पुस्ताका आधुनिक र आकर्षक डिजाइनसँगै उत्कृष्ट सुविधा र प्रविधिले युक्त छन्। यसमा टचस्क्रिन डिस्प्ले, विभिन्न यात्रा मोडहरू, र कनरिङ एबिएस जस्ता उन्नत प्रणालीहरू रहेका छन्।

चाहे शहरको सडकमा आरामसँग यात्रा होस् वा दुर्गम बाटोमा रोमाञ्चक साहसिक यात्रा, केटीएमका यी बाइकहरूले उत्कृष्ट प्रदर्शन, नियन्त्रण र उत्साह प्रदान गर्ने प्रतिवद्धता जनाएका छन्।

बाइकप्रेमीहरूले यस प्रदर्शनमा आएर बाइकहरूलाई नजिकबाट हेर्न र केटीएमको वास्तविक शक्ति महसुस गर्न सक्नेछन्।