ट्रायम्फले नाइमा माेबिलिटी एक्सपाेमा उपस्थति जनाउँदै
काठमाडाैं। ट्रायम्फ नेपालले साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सहभागिता जनाइरहेको छ।
नाइमाद्वारा आयोजित यस अटोमोबाइल प्रदर्शनीमा विश्वप्रसिद्ध ब्रान्डहरूको सहभागिता रहेको छ भने ट्रायम्फ नेपालले पनि स्टल डी–२ मा आफ्नो उपस्थिति जनाउँदै प्रिमीयम मोटरसाइकलको अनुभव प्रदान गर्दैछ।
ब्रिटिस लिगेसी बोकेको र पर्फमेन्स ईन्जिनियरिङमा आधारित ट्रायम्फ ब्रान्डले सन् २०२४ मा स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्स जस्ता लोकप्रिय मोटरसाइकलहरू मार्फत नेपाली बजारमा आफ्नो औपचारिक प्रवेश गर्यो। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिमार्फत भित्रिएका यी मोटरसाइकलहरू प्रिमियम बाइकमाझ एक नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यसहित ल्याइएका हुन्। मोडर्न क्लासिक डिजाइन, उत्कृष्ट सवारी अनुभव तथा उन्नत प्रविधि यसको प्रमुख विशेषता रहेका छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ट्रायम्फ नेपालले दुई नयाँ रङ्गमा मोटरसाइकलहरू प्रस्तुत गर्दैछ। स्क्र्याम्बलर ४०० एक्स ‘भोल्क्यानिक रेड’ रंगमा र स्पिड ४०० ‘रेसिङ यालो’ रंगमा सार्वजनिक गरिँदैछ। यी रंगहरूले मोटरसाइकलप्रेमीहरूलाई अझै बढी उत्साहित पार्ने विश्वास गरिएको छ। अनावरण हुने यी दुई मोटरसाइकल नै यस एक्स्पोको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको अवसरमा ट्रायम्फ नेपालले विभिन्न विशेष अफरहरू पनि उपलब्ध गराएको छ। एक्स्पो अवधिभर ट्रायम्फ मोटरसाइकल खरिद गर्दा प्रिमियम राइडिङ ज्याकेट निःशुल्क प्रदान गरिनेछ। साथै, स्टल डी–२ मा गई सहभागीहरुले दैनिक लक्की ड्रमार्फत प्रिमियम हेल्मेट जित्ने अवसर पनि पाउनेछन्।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “हाम्रो लक्ष्य केवल मोटरसाइकल बिक्री गर्नु मात्र होइन, नेपालमा मोटरसाइक्लिङ संस्कृतिलाई नयाँ उचाइमा पु(याउनु हो। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ हाम्रो यात्राको एक महत्त्वपूर्ण मोड हो र यसले आगामी यात्रालाई अझ सशक्त बनाउनेछ।”












