अग्नि मोटो-इन्कले नाइमाको अवसरमा नेपालमा सार्वजनिक गर्यो बिगस इलेक्ट्रिक स्कूटर
काठमाडाैं। अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि मोटोइन्क प्रा।लि। ले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजि) इलेक्ट्रिक स्कूटरहरू’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
साउन २१ गते भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रोडक्ट लन्च इभेन्टमार्फत स्कूटरहरू सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, डान्सल, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको उपस्थिति रहेको थियो ।
अग्नि ग्रुपले बिगस ९बिजि० का दुई मोडेलहरू, बिजि आरयुभि ३५० र बिजि सि १२ नेपाली बजारमा सार्वजनिक गर्दै, सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको छ ।
बिजि आरयुभी दुई भेरियन्टमा उपलब्ध छन्, आरयुभि ३५० आइ-इ-एक्स जसको मूल्य रू २७९,४०० रहेको छ, र आरयुभि म्याक्स जसको मूल्य रू ३२५,३०० रहेको छ । साथै बिजि सि१२ पनि दुई भेरियन्टमा उपलब्ध छन् – सि१२ आइ-इ-एक्स, जसको मूल्य रू २२८,४०० रहेको छ भने सि १२ म्याक्स ३.० जसको मूल्य रू ३०४,९०० रहेको छ ।
बिजि आरयुभी ३५०: इलेक्ट्रिक स्कुटरहरूको ‘बिग ब्रदर’
सहरका लागि उपयुक्त र भरपर्दो विद्युतीय सवारीको रूपमा ल्याइएको बिजि आरयुभी ३५०ले राइडर युटिलिटि भेहिकलको रूपमा स्कूटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गर्दछ ।
१६ इन्चको ठूलो एलोय ह्विल्स, १६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबूती र स्टाइल दुवैमा अगाडि छ ।
१६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रति घण्टा टप स्पीड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पिएमएसएम इन-व्हील हाइपरड्राइभ मोटरको साथसाथै, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपि ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ ।
बिजि सी १२ः परिवारको लागि उत्कृष्ट स्मार्ट इलेक्ट्रिक स्कुटर
सहजता, सुरक्षा र स्टाइलको तालमेल प्रस्तुत गर्ने बिजि सी १२ले दैनिक यात्रालाई आरामदायी बनाउने उद्देश्य राख्दछ । यसमा फराकिलो लेगरुम र सिट, साथै २३ लिटरको अन्डर(सिट स्टोरेज, ने १२.७ सेमी टिएफटि स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् ।
यसमा रहेको एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपि ६७ रेटेड लिथियम आयन ब्याट्री सेल, र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ ।
विगत तीन दशक देखि अग्नि ग्रुपले नेपाली बजारमा गुणस्तरीय, नवप्रवर्तनशील र प्रविधिमैत्री सवारी साधनहरू ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । अग्नि मोटोइन्क, सम्पूर्ण ग्राहकहरूलाई नाइमा मोबिलिटी एक्सपो २०२५ को हल डी, स्टल नं डी ६ मा अवस्थित बिगसको स्टलमा भ्रमण गरी नयाँ स्कूटरहरू प्रत्यक्ष अनुभव गर्न आह्वान गरेको छ ।












