एशियन हाइड्रोपावरले घटायाे नाेक्सानी, ४.६९ प्रतिशत बढ्याे आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एशियन हाइड्रोपावरले घटायाे नाेक्सानी, ४.६९ प्रतिशत बढ्याे आम्दानी



काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा नोक्सानी घटाएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड भन्दा बढीले घटेको हो ।

एशियन हाइड्रोपावर गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ८१ लाख रुपैयाँ नोक्सानी रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको नोक्सानी ५ करोड ८६ लाख रुपैयाँ नोक्सानीमा थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४.६९ प्रतिशत बढेर १३ करोड ६४ लाख पुगेको छ भने कुल नाफा ४.३६ प्रतिशत बढेर ११ करोड ४० लाख पुगेको छ ।

त्यस्तै,समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५ करोड ६४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८५ प्रतिशत बढी हो । यता कम्पनीको वित्तीय खर्च भने २१.८० प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँमा खुम्चिएको छ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ८४ पैसा रहेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ४ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ।


प्रतिक्रिया दिनुहोस्