११ श्रावण २०८३, सोमबार

दर्शकको चाप बढेपछि नाइमा मोविलिटी एक्पो एकदिन थपियो, सोमबार चल्ने



काठमाडौं । गत भदौ २१ गतेदेखी राजधानीको भृकुटीमण्डपमा संचालन भएको अटोमोवाइल क्षेत्रको ठुलो मेला सोमबारसम्म संचालन हुने भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा अवलोकनकर्ताको उपस्थितीले आयोजक हौसिएको छ ।

शुक्रबार र शनिबार आयोजकले अपेक्षा गरेको भन्दा बढी दर्शकको सहभागीताले प्रर्दशनी स्थलमा भिड छाएको थियो । ५ दिनसम्ममात्रै चल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताको भिडले एकदिन प्रदर्शन अवधि थप गरेको आयोजकले जनाएको छ ।

आफूलाई मनपर्ने सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेको प्रदर्शनी शनिबारको वर्षाको प्रवाह नगरी दर्शकहरुले प्रर्दशनी अवलोकन गरे । अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरुले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन् ।

एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै बरिष्ठ कलाकार, कुटनितिक नियोगका कर्मचारीहरु, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरु, व्यापारी साथीहरु लगाएत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन साढे तेह्र हजार, तेस्रो दिन साढे उन्नइस हजार र आज शनिबार एक्कइस हजार पाँचसय अवलोकनकर्ताहरुले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन् ।

स्थापनाको केहि महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरुको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पु¥याउन प्रतिबद्ध छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् । श्रावण २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब श्रावण २६ गते, सोमबारसम्म संचालन हुने भएको छ ।