नाइमा एक्स्पोमा नीउको धमाका: दुई नयाँ इलेक्ट्रिक बाइक र स्कुटर सार्वजनिक
काठमाडौं । स्मार्ट इलेक्ट्रिक मोबिलिटीको विश्वप्रसिद्ध ब्रान्ड नीउले दुई नयाँ विद्युतीय दुईपांग्रे सवारीसाधन सार्वजनिक गरेको छ ।
नेपाल मोवीलिटी एक्सपो २०२५ मा कम्पनीले बाइक तथा स्कुटर सार्वजनिक गरेको हो ।
नयाँ सार्वजनिक गरिएका मोडेलहरू एफक्युआई ३०० र आरक्युआई हुन् । यी दुवै सवारीहरू आधुनिक डिजाइन, स्मार्ट प्रविधि र नेपालका लागि उपयुक्त क्षमतासहित प्रस्तुत गरिएको कम्पनीको दाबी छ ।
एफक्युआई ३००ः सहरका लागि स्टाइलिश र शक्तिशाली स्कुटर हो । यसमा उच्च गतिको क्षमता (९९ किमी÷घण्टां), एकपटक चार्जमा १५० किमी रेञ्ज, ७२ भोल्ट डुअल लिथियम आयन ब्याट्री छ ।
जीपीएस, स्मार्ट एप कनेक्टिभिटी, क्लाउड, स्पोर्टी डिजाइन, एलईडी म्याट्रिक्स बत्ती लगायतका सुविधाहरु छन् ।
आरक्युआईले पर्फमेन्स बाइकको नयाँ परिभाषा दिएको छ । यसले उच्चतम गति (१६० किमी÷घण्टा) छ र १८० बढी रेञ्ज दिनेछ ।
डुअल ब्याट्री, फास्ट चार्जिङ, एआई कनेक्टिभिटी, जीपीएस, एण्टी–थेफ्ट लगायतका सुविधाहरु छन् ।
नीउ टेक्नोलोजीले सन् २०१४ देखि ५० भन्दा बढी देशमा ३० लाख युनिट सवारी बिक्री गरिसकेको छ । नेपालमा भने ब्रान्डले २०१७ बाट यात्रा थालेको हो ।
विद्यार्थी, पेशागत व्यक्ति, डेलिभरी सेवादेखि शहरी युवा पुस्तामाझ नीउको लोकप्रियता बढ्दो छ । कम्पनीका अनुसार ग्राहक सन्तुष्टिसँगै नेपालमा पनि यसको बजार हिस्सा विस्तार भइरहेको छ ।












