नाइमा एक्स्पोमा टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू संस्करण, अफरमा किन्दा कति पर्छ ?
काठमाडौं । टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू रंग सार्वजनि भएको छ । राजधनीमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पाँचौं दिन उक्त बाइक सार्वजनिक भएको हो ।
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा थप आकर्षक विकल्प उपलब्ध गराइएको जनाएको छ । यस रंगलाई सार्वजनिक गर्दै एक्स्पोमा मोटरसाइकल उत्साहीहरूको ध्यान खिचेको छ ।
नाइमा एक्स्पोको अवसरमा टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू संस्करणको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ । यसका साथै, कम्पनीले एक्स्पोमा विशेष अफरको रूपमा १५ हजार रुपैयाँ नगद छुट पनि उपलब्ध गराउने घोषणा गरेको छ । जसले ग्राहकलाई अझ बढी आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
शक्तिशाली इन्जिन र प्रिमियम सुविधाहरू
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ, जसले ७७५० आरपीएममा २०.४ पीएस पावर र ३७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पीड गियर ट्रान्समिशन र स्लीपर क्लचसमेत उपलब्ध छ, जसले सवारीको अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउँछ ।
नयाँ डिजाइन र प्राविधिक सुधार
टीभीएस रोनिनको फ्रन्टमा राउन्ड सेप एलईडी हेडलाइट राखिएको छ, जसले यसलाई एक नयाँ रूप दिन्छ। यसमा टी सेप एलईडी डीआरएल (डे टाइम रनिङ्ग लाइट) समेत दिइएको छ । साथै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमाण्ड फिचर जस्ता प्रिमियम सुविधाहरूले यसलाई अझ स्मार्ट र प्रयोगकर्ता मैत्री बनाएको छ ।
यसको आधुनिक डिजाइन र प्राविधिक सुधारले रोनिनलाई नेपाली मोटरसाइकल बजारमा एउटा नयाँ पहिचान दिनुको साथै, ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।












