नाइमा एक्स्पोमा ग्राहक आकर्षणको केन्द्र बन्यो बीवाईडी ‘एटो–वान’, पाँचौं दिनसम्म लगातार भिड
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को पाँचौं दिनसम्म चलिरहँदा बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वानले ग्राहकको उत्तिकै आकर्षण बनेको छ ।
यो मोडल नेपाली बजारमा आउने धेरै समयदेखि प्रतीक्षित थियो । यो गाडी हेर्ने एक्स्पोमा ग्राहकको निकै भिड लागेको छ ।
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा एटो–वान सार्वजनिक गरेको हो । विभिन्न देशहरूमा फरक नामबाट बिक्री भइरहेको यो कार नेपालमा भने ‘एटो–वान’ नामले बिक्री सुरु भएको हो । चीनमा यसलाई ‘सिगल’ र युरोपमा ‘सर्फ’ नामले चिनिन्छ ।
एटो–वान नेपालमा स्ट्यान्डर्ड रेञ्ज डाइनामिक र लङ रेञ्ज प्रिमियम गरि दुई भेरियन्टमा उपलब्ध छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
नाइमा एक्स्पोमा प्रदर्शित भएपछि एटो–वान निकै चासोका साथ हेरिएको छ । अब यो गाडी शहरका सडकहरूमा प्रख्यात हुने निश्चित रहेको कम्पनीका दावी छ । ग्राहकहरूको चासो र रुचिले यसलाई नेपाली ह्याचब्याक सेग्मेन्टमा एक शक्तिशाली प्रतिस्पर्धी बनाउने बताइन्छ ।

शक्तिशाली ब्याट्री र लामो रेञ्ज
यो कारमा स्ट्यान्डर्ड रेञ्ज डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेञ्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिइएको छ । एनइडीसीले यी दुई भेरियन्टको क्रमशः २३० किलोमिटर र ३०० किलोमिटरको रेञ्ज प्रमाणित गरेको छ । एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यो ह्याचब्याक कारका लागि यो एउटा ठूलो फाइदा बनिरहेको छ ।
आकर्षक डिजाइन र नयाँ सुविधाहरू
एटो–वानको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ, जसले यो कारलाई छोटो र आकर्षक ह्याचब्याक बनाउँछ । यो कारको डिजाइन र प्राविधिक सुधारहरूले यसलाई एक किफायती र सुविधाजनक यातायात विकल्प बनाएको छ, जसको कारण यसलाई नेपालका विभिन्न ग्राहकहरूबाट निकै रुचाइएको छ ।












