नाइमा एक्स्पोः महिन्द्रको स्टलमा ग्राहकको अविरल चासो र भिड
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा महिन्द्राको स्टल अगाडीको भिड देख्दा महसुस हुन्छ कि इलेक्ट्रिक गाडीका लागि नेपाली बजारमा कतिको चासो र आकर्षण बढिरहेको छ ।
गत बुधवार अर्थात् साउन २१ गतदेखि सुरु भएको एक्स्पोमा महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक गाडी महिन्द्रा बीई–६ सार्वजनिक गरेको थियो । जुन, इभि गाडीप्रेमीहरूको ध्यान आकर्षित गरेको छ ।

भन्सार प्रयोजनका लागि ५९ किलोवाट र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध महिन्द्रा बीई–६ को दुई भेरियन्ट स्टलमा राखिएको छ । जहाँ प्रत्येक भेरियन्टले ९९ किलोवाट पिक पावरको इलेक्ट्रिक मोटरलाई समर्थन गर्छ । यस गाडीको मूल्य ५७ लाखदेखि ६८ लाखसम्म तोकिएको छ, जसले ग्राहकलाई आधुनिक र द्रुत गतिमा यात्रा गर्ने आकर्षक विकल्प प्रदान गर्छ ।
नाइमा एक्स्पोको आज पाँचौं दिनसम्म पनि महिन्द्राको स्टलमा भिड कहिल्यै कम देखिएको छैन । ग्राहकहरूले महिन्द्राको नयाँ इलेक्ट्रिक गाडीलाई निकै चासो र उत्साहका साथ अवलोकन गर्दै छन्, जसले महिन्द्राको इभी गाडीप्रतिको उत्तिकै चासोलाई दर्शाउँछ ।
महिन्द्राको बीई–६ को सशक्त डिजाइन र प्राविधिक सुविधाले नेपाली ग्राहकलाई मात्र होइन, इलेक्ट्रिक गाडीको भविष्यमा आशा र विश्वास पनि बढाएको छ । एक्स्पोमा महिन्द्राको स्टल एक प्रमुख आकर्षण बन्दै गएको छ ।
















