२४ भदौ २०८३, बुधबार

चेतक इभीको ‘भाइब नै बेग्लै छ’ शीर्षकको आधिकारिक एन्थम भिडियो नाइमा एक्स्पमोमा सार्वजनिक



काठमाडौं । यसै साता नेपाली बजारमा धमाकेदार आगमन गरिसके पछि चेतक ईभील नाइमा नेपाल मोबिलिटी एक्स्पो’ २०२५ मा आफ्नो आधिकारिक एन्थम ‘भाइब नै बेग्लै छ’ को म्युजिक भिडियाको प्रिमियर गरी आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको छ।

लोकप्रिय गायक तथा चेतकका ब्रान्ड एम्बेसडर नितेश जंग कुँवरको प्रस्तुति रहेको यो म्युजिक भिडियो श्रावण २३ गते भृकुटीमण्डपस्थित स्टल आर ३ बी, हल बीमा सार्वजनिक गरिएको थियो।

सामान्य जिङ्गल भन्दा फरक, यो एन्थमले चेतक ईभीको मुख्य सन्देश– फुल्ली लाइफप्रुपलाई परिभाषित गरेको छ । यसको आइपी ६७ रेटेड वाटर एन्ड डस्ट प्रोटेक्सन, सोलिड मेटल बडी, र स्मार्ट फिचर्सहरूले गर्दा यो सडकमा मात्र नभई संस्कृतिमा पनि छुट्टै पहिचान बनाउँदैछ।

एक्स्पोमा चर्चा बटुलिरहेको चेतक इभीले पर्फर्मेन्स र पर्सनालिटी दुवैको हिसाबले अहिलेको शहरी मोबिलिटीको परिभाषा नै फेरिरहेको छ। गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमित राज चलिसे चेतक इभी कुनै साधारण स्कुटर नभइ स्वतन्त्रता र आधुुुनिकताको प्रतीक भएको बताए ।

उनले भने, ‘यो एन्थममार्फत हामी एक साँस्कृतिक परिवर्तन ल्याउँदैछौं, जहाँ मोबिलिटी संगीत र जीवनशैलीसँग जोडिन्छ। नितेशले चेतकको बोल्ड र युथफुल इनर्जीलाई जस्ताको तस्तै उतारेका छन्। ‘भाइब नै बेग्लै छ’ एन्थम मात्र होइन, यो एउटा मूभमेन्ट हो।’