१४ कार्तिक २०८३, शनिबार

भक्तपुर मालपोत प्रमुखसहित दुई जनाविरुद्ध २४ लाख घुस प्रकरणमा मुद्दा



काठमाडां । भक्तपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चाँगुनारायण नगरपालिकाको १४ रोपनी ४ आना जग्गा मोहीका नाममा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग सो रकम मागिएको आरोप छ ।

आचार्य र राउतको मिलेमतोमा मोही बाँडफाँड तथा दर्ता प्रक्रिया सहज गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिइएको थियो । अनुसन्धानको क्रममा मोबाइल डिभाइस र नगद रकमसहित दुवैलाई नियन्त्रणमा लिएको पनि आयोगले जनाएको छ ।