दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट: भाग्यमानी ५ जनाले पाए ११ कित्ता, तपाईलाई पर्यो त ?
काठमाडौं । बिहीबार बिहान दरमखोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको भने १३ हजार २३९ जनाको आवेदन बदर भएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आइपीओमा आवेदन गर्ने २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । कम्पनीका अनुसार भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता सेयर प्राप्त गरेका हुन ।
कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर बिक्री खुला गरेको हो ।













