१४ कार्तिक २०८३, शनिबार

ट्रेड टावरको नाफामा भारी गिरावट, ईपिएस २ पैसामा सीमित



गत आर्थिक वर्ष २०८१/८२ मा ट्रेड टावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको एक वर्षमा नाफा ९९.३९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको नाफा घटेर जम्मा १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा कम्पनीले २ करोड १३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यता समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६९.४८ प्रतिशतले वृद्धि हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १ करोड ७५ लाख रुपैयाँ मात्र थियो।

कम्पनीको कुल खर्च र वित्तीय खर्चमा तीव्र वृद्धि भएकाले नाफामा यस्तो गिरावट आएको हो। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२२.९१ प्रतिशतले बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, वित्तीय खर्च १९३.४४ प्रतिशतले वृद्धि भई ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि भारी गिरावट आएको छ। गत वर्षको ५ रुपैयाँ ६३ पैसाबाट घटेर यस आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मात्र २ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ