१४ कार्तिक २०८३, शनिबार

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलाएन ७ को शुभारम्भ 



पोखरा । नेपालमा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । 

कम्पनीले गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलाएन ७’ लाई पनि सो अवसरमा सार्वजनिक गरेको छ ।  

उक्त सोरुमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक समारोहका साथ गरे । समारोहमा अटो मोबाइल क्षेत्रका सरोकारवाला, सञ्चारकर्मीहरू र बीवाईडीका समर्थकहरूको सहभागिता रहेको थियो । 

बुद्ध चोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट चिनारी दिने कम्पनीले विश्वास लिएको छ । 

सोरुम कम्पनीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । यसले कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

जसले ग्राहकहरूलाई  एकै स्थानमा सबै सेवा प्राप्त गर्ने छ । शोरूमको ठिक पछाडि निर्माण भइरहेको  अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने बताइएको छ । 

पोखरा दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार देखेर नै सोरुम खोलिएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए । 

नयाँ शोरूम र गुणस्तरीय सेवा प्रवाह गरेर ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता श्रेष्ठले गरे । बीवाईडी सिलाएन ७ ले अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने उनको तर्क रहेको छ । 

साइमेक्सले पोखरामा आफ्नो सञ्चालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्‍याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।