२६ भदौ २०८३, शुक्रबार

सर्वोत्तम सिमेन्टका कम्पनी सचिवले दिए राजिनामा



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडका कम्पनी सचिवले दिएको राजिनामा स्वीकृत भएको छ ।

कम्पनी सचिव शेखर पौडेलले पदबाट दिएको राजिनामा स्वीकृत भएको हो । भदौ १ गते बसेको संचालक समितिको बैठकबाट उनको राजिनामा स्वीकृत भएको छ । उनले गत साउन २८ गते संचालक समिति समक्ष राजिनामा बुझाएका थिए ।