तोलामा १२०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तोलामा १२०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । साेमबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुनकाे भाउ मंगलबार प्रतिताेला १२०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको छ । हिजो प्रतितोला २ हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३०० रूपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्