लगानी गर्न तयार हुनुहोस्, भदौ ११ गतेदेखि आउँदैछ बन्दीपुर केवलकारको आईपीओ
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आगामी भदौ ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भए को छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरिसकेको छ । कम्पनीले ५ लाख ६६ हजार कित्ता शसयर स्थानीयहरूलाई, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक श्रमिकहरूलाई, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरूलाई र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरूलाई निष्काशन गरिसकेको छ ।
अब सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ आवेदन अवधि छिटोमा भदौ १५ गतेसम्म र ढिलोमा भदौ २५ गतेसम्म रहने कम्पनीले जनाएको छ ।
कुल ३ अर्ब ८५ करोड लागत अनुमान गरिएको आयोजनाबाट लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र छुटमा फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ ।
आईपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।











