डेढ अर्बको आइपीओ ल्याउँदै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज, भदौ ११ गतेदेखि बिक्री खुला हुने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै आइपीओ खुला गर्ने भएको हो ।
कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
यस अन्तर्गत १ लाख ६३ हजार १२५ कित्ता सेयर रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाहरूका लागि र ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।
स्थानीय बासिन्दाहरूले छिटोमा भदौ २५ र ढिलोमा असोज ९ गतेसम्म र विदेशमा रहेका नेपालीहरूले भने भदौ १५ गतेसम्म छिटोमा र भदौ २५ गतेसम्म ढिलोमा आवेदन दिन सक्नेछन्
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।













