२४ भदौ २०८३, बुधबार

असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य



काठमाडौं । सवारी साधनको दर्ता, नामसारी र नवीकरणको प्रक्रिया अब इम्बोस्ड नम्बर प्लेट बिना सम्भव हुने छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि यो व्यवस्था अनिवार्य रुपमा लागू गर्ने निर्णय गरेको छ ।

२०७९ साल असोज २० गते मन्त्रीस्तरीय समितिको निर्णयअनुसार अब सबै प्रदेशका यातायात कार्यालयहरूले इम्बोस्ड नम्बर प्लेट प्रणाली कार्यान्वयनमा ल्याउनेछन् ।

विभागले मंगलबार सूचना जारी गर्दै सबै सवारीधनीहरूलाई सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।

इम्बोस्ड नम्बर प्लेटले सवारीको सुरक्षा, ट्र्याकिङ, चोरी नियन्त्रण र डिजिटल प्रणालीमार्फत सवारी प्रशासन सहज बनाउन सहयोग पुर्याउनेछ ।