नाडा अटो शो : नामी–०६ एसयूभी अब नेपाली बजारमा, मूल्य कति ?
काठमाडौं । नामी ब्रान्डको नयाँ नामी–०६ एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ ।
एमएडब्लु वृद्धिले ‘नाडा अटो शो २०२५’ मा यस गाडीको भव्य रुपमा सार्वजनिक गरेको छ । नामी–०६ एसयूभीको ई–१ र ई–२ प्लस नामक दुई भेरियन्ट उपलब्ध छन । मूल्य भने ३७ लाख ९९ हजार रुपैयाँदेखि ४० लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।
नामी–०६ मा ४४.९४ किलोवाट आवर ब्याट्री ई–१ भेरियन्टमा राखिएको छ भने ५१.८७ किलोवाट आवर ब्याट्री ई–२ प्लस भेरियन्टमा उपलब्ध छ । गाडीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, र उचाइ १६४५ एमएम रहेको छ, जसमा २७१५ एमएम लामो ह्वीलबेस दिइएको छ ।
यस एसयूभीमा अत्याधुनिक १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जर, र भ्येन्टिलेटेड सिट जस्ता सुविधाहरू छन् । एडास सुरक्षा सुविधासहित यसमा प्यानारोमिक सनरुफ, फोल्डेबल सिट, र १२८ रंगमा एम्बियन्ट लाइट पनि उपलब्ध छ ।
गाडीको डिजाइन र प्रविधी नेपाली सडक र जीवनशैलीको लागि अनुकूल रहेको कम्पनीको दाबी छ ।












