नाडा अटो शो : चांगनको ‘लुमिन’ इभि २३ लाखमै किन्न पाइने
काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डमा नाडा अटो शो २०२५ को सुरु भएको छ ।
प्रदर्शनमा विभिन्न ब्रान्डका सवारी साधान धमाधम सार्वजनिक भएका छन् । साही सिलसिलमा चीनको चांगनले पनि ‘लुमिन’ नामक विद्युतीय मिनी कार सार्वजनिक गरेको छ ।
यसको मूल्य २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जुन नेपाली बजारमा सबैभन्दा सस्तो इभिमध्येको एक हो ।
यो छोटो दूरीका सहरी यात्राका लागि लक्षित मोडेल हो । यसले केई, एमजि कोमोट र डोङफेङ मिनि इभिसँग प्रतिस्पर्धामा रहनेछ ।












