२४ भदौ २०८३, बुधबार

नाडा अटो शो : हिरो सुपर स्प्लेन्डर-१२५ को बिक्री सुरु, कति पर्छ मूल्य ?



काठमाडौं । हिरो मोटोकर्पको लोकप्रिय बाइक सुपर स्प्लेन्डर १२५ अब नेपाली बजारमा उपलब्ध भएको छ ।

सीजी मोटर्सले ‘नाडा अटो शो २०२५’ मा बाइक सार्वजनिक गर्दै औपचारिक बिक्री सुरु गरेको छ । डिजाइन, प्रविधिमैत्री फिचर र किफायती मूल्यले यो बाइक बजारमा लोकप्रिय बन्ने अनुमान गरिएको छ ।

नयाँ सुपर स्प्लेन्डरमा १२४.७ सीसी बीएस६ इन्जिन, ५–स्पीड गियरबक्स, र १०.७ बीएचपी पावर क्षमता छ । बाइकमा एलईडी हेडल्याम्प, डिजिटल स्पिडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, एसएमएस÷कल अलर्ट, यूएसबी चार्जिङ पोर्ट, तथा रियल टाइम माइलेज देखिने सुविधा दिइएको छ ।

नयाँ स्टाइल र अपडेटेड भाइजरसहितको सुपर स्प्लेन्डरको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकिएको छ ।