२४ भदौ २०८३, बुधबार

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर बौद्धमा सञ्चालनमा, उत्कृष्ट सेवा दिने प्रतिबद्धता



काठमाडौं । भेष्पा अप्रिलियाका लागि नेपालमा आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि. ले राजधानीको बौद्ध, पिपलबोटमा नयाँ पूर्ण–सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

कम्पनीले नयाँ सर्भिस सेन्टरमार्फत ग्राहकलाई अझ सहज, भरपर्दो र गुणस्तरीय सेवा दिने लक्ष्य लिएको छ ।

‘हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं । यो सर्भिस सेन्टरले भेष्पा र अप्रिलिया स्कुटरधारकहरूलाई विश्वसनीय मर्मत तथा सेवा दिनेछ’, कम्पनीले भन्यो ।

नयाँ सर्भिस सेन्टर अत्याधुनिक उपकरणहरूले सुसज्जित गरिएको छ । अनुभवी प्राविधिकहरूको टोलीले स्कुटर मर्मत तथा सर्भिसमा दक्ष सेवा दिने कम्पनीले जनाएको छ । स्पेयर पाट्स, सर्भिस र मर्मतसम्बन्धी सम्पूर्ण सुविधा एउटै छानामुनि उपलब्ध गराइने कम्पनीका सीईओ विजय महतोले बताए । उनका अनुसार नयाँ सर्भिस सेन्टरले बिक्री पछिको सेवा क्षेत्रलाई फराकिलो बनाउँदै ग्राहकको सन्तुष्टि अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास गरिएको छ । उनले थपे,‘ग्राहकहरूले अब सजिलै सेवा लिन सक्नेछन्, र हामी तिनको सन्तुष्टिलाई सधैं प्राथमिकता दिन्छौं ।’

डेल्टा अटोकर्पले हालसम्म भेष्पा अप्रिलिया स्कुटर बिक्री र सेवा क्षेत्र विस्तारमा उल्लेखनीय काम गर्दै आएको छ । नयाँ सर्भिस सेन्टरले ग्राहक–केन्द्रित सेवा प्रवाहमा नयाँ उपलब्धि थप्ने विश्वास कम्पनीले लिएको छ ।