एकैदिन ताेलामा २००० रूपैयाँ बढ्याे सुनकाे मूल्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकैदिन ताेलामा २००० रूपैयाँ बढ्याे सुनकाे मूल्य



काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेर नयाँ रेकर्ड कायम गरेकाे छ । हिजाे ताेलामा ६०० रूपैयाँले बढेकाे सुनकाे मूल्य बुधबार प्रतिताेला २ हजार रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ७ हजार ९०० रुपैयाँ तोकिएको छ ।

हिजाे छापावाल सुन प्रतिताेला प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

यता बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्