आरबिबि फोकस-४० को इकाईमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई आज अर्थात् भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको छ ।
एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो । बाँकी १४ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र १ प्रतिशत आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको क्यापिटलले जनाएको छ ।
प्रति इकाई १० रुपैयाँ दरमा बिक्री खुला गरिएको यो योजना १२ वर्ष अवधिको रहनेछ। लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणका लागि निष्काशन छिटोमा भदौ २२ गतेसम्म खुला हुनेछ भने सो अवधिमा पूर्ण बिक्री नभए असोज १ गतेसम्म लम्बिन सक्नेछ ।
लगानीकर्ताले सि–आस्बा प्रणाली अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कोषले उच्च प्रतिफल दिने सम्भावना भएका ४० वटा नेप्से सूचीकृत कम्पनीमा प्राथमिकता दिएर लगानी गर्नेछ । यद्यपि, आवश्यकता अनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सक्नेछ ।
















