छुट्ला है २० हजार कित्तासम्म भर्न पाइने एक कम्पनीको आइपीओ, आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत सोमबारदेखि आइपीओ निष्कान गरेको थियो । सोही आइपीओ आज बैंकिङ्ग समयसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो।
यसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजनाको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, र २ लाख ७ हजार ५०० कित्ता शेयर नेपाल सरकारको स्वीकृत विदेशी रोजगारमा रहेका नेपालीहरूको लागि जारी गरिएको थियो ।
त्यसैगरी, १ लाख ३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरूको लागि सुरक्षित गरिएको थियो।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्न लागेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ र अधिकतम २० हजार कित्तासम्म आवेदन दिइन सक्नेछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो । त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।













