२६ भदौ २०८३, शुक्रबार

नेपाल बैंकका स्वतन्त्र संचालकमा शर्मा नियुक्त, गौतमको राजिनामा



काठमाडौं । नेपाल बैंकका स्वतन्त्र संचालकले राजिनामा दिएका छन् । हाल बैंकको स्वतन्त्र संचालकमा रुपमा रहेका थानेश्वर गौतमले पदबाट राजिनामा दिएका हुन् ।

गौतमका स्थानमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् ।

भदौ १८ गते बसेको संचालक समितिको बैठकले गौतमको राजिनामा स्वीकृत गरि शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको हो । नव नियुक्त स्वतन्त्र संचालक शर्माले अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।